रामधुनी : सुनसरीको रामधुनी नगरपालिका (झुम्का) का एक युवकको दुर्घटनामा मृत्यु भएको छ ।
नेपाल भारत मैत्री बसका सहचालकको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा सुनसरीको झुम्का बस्ने २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो । उनी सोही बसका सहचालक हुन् ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै उनी कार्यरत बसले उनलाई ठक्कर दिएको थियो ।
उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post