उदयपुर : उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका ५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post