विराटनगर : विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुईजना प्रशिक्षकलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार १९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर ३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको होे ।
पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।
किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post