तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका ५ ठकुरी टोलमा छोराको कुटपिटबाट ५३ वर्षीय भक्तबहादुर भण्डारीको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले भक्तबहादुरलाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी शुक्रबारेबाट प्रहरी टोली खटिइ घाइतेलाई उपचारको लागि छथर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्न मृतकका छोरा टंक भण्डारी तत्काल फरार रहेकाले उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।













Discussion about this post