मोरङ : जहदा गाउँपालिका–३ ठूलो हातिबन्दाबाट प्रहरीले ३८ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा शनिबार बेलुका इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
स्थानीय ४० वर्षीय भुसाराम राजवंशीको घरपछाडिको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा लुकाई छिपाई राखिएको गाँजा बरामद भएको हो।
राजवंशीको घरबाट गाँजा बरामद भए पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।














Discussion about this post