इटहरी : इटहरी उपमहानगरपालिका १७ मा चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ ।
घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागेर स्थानीय २७ वर्षीय केसी ऋषिदेवको मृत्यु भएको हो ।
चट्याङले लागेर घाइते भएकी उनको उपचारको क्रममा इटहरीस्थित एपेक्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post