इटहरी : प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी साक्षर घोषणा गरेको हो ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे ।
प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् ।
यस्तै, झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७.५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् ।
यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत, उदयपुरमा ९५.३२ प्रतिशत, संखुवासभामा ९५.६३ प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर रहेका छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत रहेको छ ।
प्रदेश १ मा ४५ लाख ३४ हजार नौ सय ४३ जनसंख्या रहेकोमा ९६.७४ प्रतिशत साक्षर रहको सामाजिक विकास मन्त्री राजन राईले बताए ।
आगामी आर्थिक वर्षमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने बताइएको छ ।















Discussion about this post