इटहरी : प्रदेश १ मा दसैँ अवधिभर ६२ वटा दुर्घटना भएको छ भने चारजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी श्यामकुमार महतोका अनुसार दसैँ सुरु भएपछि ६ दिनमा ६२ वटा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
दुर्घटनामा २३ जना गम्भीर र ३९ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा झापाको कमल गाउँपालिका ३ की ६० वर्षीय सशीकला भट्टराई, मोरङको रंगेली नगरपालिका ५ का २१ वर्षीय शेखकुमार मण्डल, ग्रामथान गाउँपालिका ५ की ५२ वर्षीय भूमि चौधरी र विराटनगर १० का ६० वर्षीय केशवप्रसाद गणेशको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७७।७८ मा ११ जना र ०७८।७९ मा ८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको एसपी महतोले जानकारी दिए ।














Discussion about this post