तरहरा : तरहरा जेसीजले सप्ताह कार्यक्रम अन्तर्गतको दोस्रो कार्यक्रममा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
सोमबार तरहरामा एक कार्यक्रमको आयोजना गर्दै वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा इटहरी २ मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलका सुशील ढकाल प्रथम भए । यस्तै, तरहरा मोडेल एकेडेमी इटहरी २० का अस्बिन सुवेदी द्वितीय र ज्ञानदर्पण एकेडेमी इटहरी २० की आयुषा दुलाल तृतीय भइन् ।
प्रतियोगितामा तरहरा मोडेल एकेडेमी, नमुना एकेडेमी, ज्ञानदर्पण एकेडेमी, प्रिमिएर स्कुल, पूर्वाञ्चल बोर्डिङ स्कुल र ब्राइट फ्युचर बोर्डिङ स्कुलका ६ जना विद्यार्थी सहभागी रहेको कार्यक्रम संयोजक विमला गिरीले बताइन् ।
उनीहरूलाई प्रमाणपत्र र ट्रफीद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा प्राध्यापक मुक्ति घिमिरे रहेका थिए । उनले वक्तृत्वकला भनेको बोल्ने कला भएको तर्क गरे ।
उमेश राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुक्ति घिमिरे र मोहन दाहाल निर्णायक थिए । घिमिरे कार्यक्रमका प्रमुख अतिथि हुन् भने दाहाल तरहरा जेसीजका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष समेत हुन् ।














Discussion about this post