विराटनगर : विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर १२ का ३५ वर्षीय संजन कामतलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
कात्तिक १५ गते पीडित नाबालिकाका आफन्तले मौखिक सूचना दिएपछि कामतलाई पक्राउ गरिएको थियो । १६ गते पीडितले कामतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दिएका थिए ।
११ गते बिजुली बनाउन पुगेका कामतले घरमा कोही नभएको मौकामा नाबालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


















Discussion about this post