Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा तस्कर र भन्सार कर्मचारीबीच झडप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०७९
in समाचार
0
तरहरामा झडप

सांकेतिक तस्विर ।

147
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको रानी नाकास्थित इलाका प्रहरी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छलेर ल्याएको अवैध कपडा गाडीमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिए ।

कर्मचारीहरूले एउटा भ्यान र चालकलाई समेत नियन्त्रणमा लिएर उक्त प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरू आक्रमणमा उत्रिए ।

भन्सार कार्यालयको सीसीटीभी फुटेजमा देखिएअनुसार स्थानीय महिला तथा बालबालिकासहित आएका तस्कर समूहले कर्मचारीहरूलाई लछारपछार गर्दै सवारी, कपडा र नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाएर लगे । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बसेको उक्त फुटेजमा देखिन्छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरी कार्यालय अगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी रानी सीमा अगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो पोखे ।

ढुंगानाले भने, ‘प्रहरीकै अगाडि तस्करी भइरहेको अवस्थामा नेपाल प्रहरी कार्यालयभित्र पस्ने र सशस्त्र प्रहरी मूकदर्शक बसेपछि तस्करको कुटाइ खान बाध्य भयौं ।’ यो घटनाले तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको असहयोग उजागर भएको उनको आरोप छ ।

यसअघि पनि भन्सार कर्मचारीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको दुई मिनी ट्रक र दुई ट्र्याक्टर कात्तिक २७ को राति सुनसरी र मोरङ सीमाबाट नियन्त्रणमा लिएका थिए । पछि सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा मैदा ल्याएर प्याकिङ गर्ने र बजार पठाउने गरेको रहस्य खुलेको थियो ।

विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले १५ लाख मूल्यका ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको थियो । डब्लूबी ०२ भी २३४० भारतीय नम्बरको कार, को १ ख ३१४५ र को १ ख २३७६ नम्बरको मिनी ट्रक र को २ त १३०३ र मे १ त ७०५५ नम्बरको ट्र्याक्टरमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मैदासहित नियन्त्रणमा लिइएको थियो ।

यी घटनाहरूले यहाँका सुरक्षा निकायले खुलेआम तस्करीको लाइन चलाइरहेको खुलासा भएको एक भन्सार अधिकृतको आरोप छ । ‘रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ?’ ती अधिकृतले भने, ‘चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षाकर्मी नै तस्करलाई सुरक्षा दिएर तस्करीको लाइन चलाएपछि कसको के लाग्छ ?’

प्रदेश १ स्थित भारतीय सीमा क्षेत्रमा ५ देखि ७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका साथै नेपाल प्रहरीको समेत इकाइ रहेकाले पैदल गस्ती गरेरै चोरी नियन्त्रण गर्न सक्ने अवस्था रहेको एक सुरक्षा अधिकारीले बताए । सुरक्षाकर्मीले छुट नदिएसम्म यस प्रदेशमा कुनै किसिमको चोरी तस्करी सम्भव नभएको उनको बुझाइ छ ।

उक्त भन्सार कार्यालयले राजस्व चुहावट समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई लिखित पत्राचार गरेरै उक्त घटनाका बारेमा शनिबार जानकारी गराइसकेको छ । भन्सारको पत्रका आधारमा प्रजिअ दाहालले सम्बद्ध समितिको बैठक बोलाई एकअर्कामाथि आरोपप्रत्यारोप गर्नेभन्दा पनि माथि उठेर सबै सरोकारवाला निकायलाई एकजुट भएर संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाले उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न लिखित निर्देशन दिएको बताए ।

‘यस घटनामा प्रहरीको कमजोरी छ भने कारबाही हुन्छ,’ उनले भने । सापकोटाका अनुसार भन्सार प्रमुख ताराप्रसाद सापकोटा नेतृत्वको टोलीले सुरक्षा निकायलाई जानकारी नै नगराई तस्करहरूले ल्याएको सामान नियन्त्रणमा लिएपछि स्थानीयहरू भेला भएर मादक पदार्थ सेवन गरी भन्सार कर्मचारीले जथाभावी गरेको भन्दै नारा जुलुस गर्न थालेका थिए ।

इप्रका रानीका निरीक्षक आफंै खटिएर स्थिति नियन्त्रणमा लिनुका साथै भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर तस्करीको सामान पनि नियन्त्रणमा लिएको उनले दाबी गरे । तर प्रहरी टोली आएपछि तस्करीमा प्रयोग भएको भ्यान र चालक छुटाएर तस्करहरूले लगेको सीसी टीभी फुटेजमा देखिएको छ ।

कान्तिपूर दैनिकबाट ।

Tags: #विराटनगरझडपपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

जेष्ठ २०, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.