Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ मा यी हुन् दलहरूले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएका ३७ नाम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०७९
in समाचार
0
प्रदेश १ को प्रदेश सभा बैठक माघ २५ मा बस्ने
106
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ सभाका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फ ३७ जना प्रदेश सांसदको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।

९३ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभामा सबभन्दा बढी झापाका १० जना समानुपातिकतर्फ प्रदेश सांसद सिफारिस भएका छन् । संखुवासभा, ओखलढुंगा र खोटाङबाट एक जना पनि समानुपातिकतर्फ परेनन् ।

कांग्रेसबाट ५२ वर्षीय मोहन महर्जन, पार्टीको प्रदेश सभापति ६४ वर्षीय उद्धव थापा र ४८ वर्षीया लखीकुमारी गणेश, राप्रपाबाट ४१ वर्षीया निम्सरी राजवंशी, ६८ वर्षीय अम्बरबहादुर विष्ट र ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा समानुपातिकतर्फ परेका छन् ।

एमालेबाट ६६ वर्षीया तारादेवी ढकाल, ५९ वर्षीया कमला थापा मगर, ६२ वर्षीय नम्बरलाल धिमाल र माओवादीबाट ३६ वर्षीया बन्दना झाँगर प्रदेश सांसदमा सिफारिस भएका हुन् ।

समानुपातिक सांसदमा सिफारिस भएका मोरङका ८ जनामा कांग्रेसबाट ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा, एमालेबाट पार्टीका जिल्ला उपाध्यक्ष बाबुराम कार्कीकी पत्नी ६१ वर्षीया शीला दीक्षित कार्की, ५१ वर्षीया ललिताकुमारी चौधरी, ६७ वर्षीया मालतीकुमारी लिम्बू, ४० वर्षीया गीतारानी महतो र ३८ वर्षीया नूर सदी बेगम, नेकपा (एकीकृत समाजवादी) बाट ५६ वर्षीया विद्या चाम्लिङ राई र माओवादी केन्द्रबाट ४० वर्षीया गीता तिम्सिना छन् ।

सुनसरीबाट ७ जना सिफारिस भएकामा कांग्रेसबाट ४२ वर्षीया ममता मगर तामाङ, ४७ वर्षीया सुनिता गच्छदार चौधरी र ४२ वर्षीया सुनिताकुमारी गुरुङ, एमालेबाट पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी पत्नी ५७ वर्षीया नीरादेवी खनाल आचार्य, ४७ वर्षीया मीना श्रेष्ठ, ४९ वर्षीया लहरुमाया जिमी याक्खा र माओवादीबाट ३६ वर्षीया सपना दर्जी छन् ।

उदयपुरका कांग्रेसबाट ६२ वर्षीया लीलाकुमारी राई, एमालेबाट ५८ वर्षीया गीतादेवी रेग्मी, ४६ वर्षीया सृजना दनुवार र माओवादी केन्द्रबाट ४० वर्षीया सम्झना तामाङ थाम्सुहाङ प्रदेश सांसदका लागि आयोगमा सिफारिस भएका हुन् ।

पाँचथरका कांग्रेसबाट ४४ वर्षीया मैया श्रेष्ठ र राप्रपाबाट ६० वर्षीया प्रेमराज थाम्सुहाङ, सोलुखुम्बुकी कांग्रेसबाट ४० वर्षीया डोल्मा तामाङ, ताप्लेजुङकी जनता समाजवादी पार्टीबाट ४३ वर्षीया निर्मला लिम्बू, भोजपुरकी एमालेबाट ३८ वर्षीया सिर्जना राई, धनकुटाकी कांग्रेसबाट ५४ वर्षीया इन्दिरा थापा, इलामकी कांग्रेसबाट ४९ वर्षीया खगेश्वरी पौडेल र तेह्रथुमकी एमालेबाट ४९ वर्षीया कमला दर्नाल समानुपातिकतर्फ प्रदेश सांसदमा छानिएका हुन् ।

यस आधारमा प्रदेशसभामा झापामा प्रत्यक्षतर्फ जितेका १० र समानुपातिक १० गरी २०, मोरङमा प्रत्यक्षतर्फका १२ र समानुपातिक ८ गरी २०, सुनसरीका प्रत्यक्षतर्फका ८ र समानुपातिकतर्फका ७ गरी १५, उदयपुरमा प्रत्यक्ष ४ र समानुपातिक ४ गरी ८, इलामका प्रत्यक्ष ४ र समानुपातिक १ गरी ५ जना प्रदेश सांसदको प्रतिनिधित्व हुने भएको छ ।

पाँचथरका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४, सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, धनकुटा र तेह्रथुमका प्रत्यक्ष २र२ र समानुपातिक १र१ गरी ३र३ जना, संखुवासभा, ओखलढुंगा र खोटाङबाट प्रत्यक्षतर्फ निर्वाचित २।२ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् ।

पहिलो प्रदेशसभामा सबभन्दा बढी मोरङका २२, झापाका १५, सुनसरीका १४, उदयपुरका ७, धनकुटाका ६, ताप्लेजुङका ५, संखुवासभा, पाँचथर र इलामका ४र४, भोजपुर र खोटाङका ३र३, सोलुखुम्बु, तेह्रथुम र ओखलढुंगाका २र२ जनाले प्रतिनिधित्व गरेका थिए ।

समानुपातिकतर्फ सिफारिस भएका र प्रत्यक्षतर्फ निर्वाचित भएका मध्ये ४० वर्ष उमेर समूहका १४, ४० देखि ६० वर्ष उमेर समूहका ६० र ६० वर्ष माथिका १९ जना प्रदेश सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् ।

प्रदेशसभामा समानुपातिकमा नाम सिफारिस भएका र प्रत्यक्षतर्फ निर्वाचित भएका मध्ये आदिवासी जनजाति समुदायका ३९, खसआर्य समुदायका ३७, मधेसी समुदायका ६, थारू र राजवंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जनाले प्रतिनिधित्व निश्चित भएको छ ।

पहिलो प्रदेशसभामा पहिलो प्रदेशसभामा आदिवासी जनजाति ४०, खसरआर्य समुदायका ३३, मधेसी आदिवासी १५, पहाडी दलित ३ र मुस्लिम २ जना प्रदेश सांसद थिए ।

प्रदेशसभामा गतभन्दा यस पटक खस आर्य समुदायको ४ सांसद थपिएको र आदिवासी जनजाति समुदायको १ र मधेसी आदिवासीको ४ सांसद घटेको छ । प्रदेशसभाको यो तथ्यांकले यस पटक पनि प्रदेशको नामकरण चुनौतीपूर्ण देखिएको छ ।

अघिल्लो प्रदेशसभामा आदिवासी जनजाति प्रदेश सांसद पहिचानका आधारमा र खस आर्य, मधेसीलगायतका प्रदेश सांसद भूगोलको आधारमा प्रदेशको नामकरण हुनुपर्ने अडानसहित विभाजित रहेकाले देशको नामकरण थाती रहन गएको छ ।

प्रदेशसभाको जातीय संरचना यस्तै रहने भएकाले यस पटक निर्वाचित भएर आएका सबै प्रदेश सांसदले सहमतिमा प्रस्ताव ल्याउन सके मात्रै प्रदेशको नामकरण सम्भव हुने देखिएको छ ।

कान्तिपूर दैनिकबाट ।

Tags: #प्रदेश १पत्रपत्रिकाप्रदेशसभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

जेष्ठ २०, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.