पाँचथर : पाँचथरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घरमा एक्लै बसिरहेकी नेम्वाङको आज (बुधबार) निधन भएको बताइएको छ । अगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।














Discussion about this post