तरहरा : तरहरा जेसीज वर्ष २०२३ को अध्यक्षमा बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार र आइतबार तरहरामा भएको अधिवेशन तथा चुनावी सभाले तामाङको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचन आयुक्त सुनील तिम्सिनाका अनुसार कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी र निशाल खुलाल सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षमा मदन बस्नेत, रोशन भुजेल, ओनिश अधिकारी र विनिता तामाङ निर्वाचत भए । सचिवमा गोविन्द लामिछाने र जनसम्पर्क अधिकारीमा प्रभास गौतम निर्वाचित भएका हुन् ।
तरहरा जेसीजले नेपाल जेसीजमा उम्मेदवारी प्रस्तुत गर्ने भएकाले सहमति र सहकार्यको बाटोलाई आत्मसाथ गर्दै कार्यसमिति सर्वसम्मत चयन गरिएको वर्ष २०२२ का अध्यक्ष उमेश राईले बताए ।














Discussion about this post