विराटनगर : विराटनगरमा ५० केजी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका बसपार्कबाट ५० केजी गाँजासहित मोरङ प्रहरीले दुई जनालाई टेम्पो सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमी गाउँपालिका ४ का ४४ वर्षीय यज्ञप्रसाद राई र टेम्पो चालक मोरङ बूढीगंगा बस्ने ४६ वर्षका रोहितकुमार थापा रहेका छन् ।
को २ ख २४२२ नम्बरको टेम्पोमा रायोको साग र तेजपत्ता अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले साग र तेजपत्ताको तीनवटा बोराभित्रबाट गाँजा बरामद गरेको हो ।
उनीहरुमाथि लागूऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post