मोरङ : मोरङमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ४ बाट १ जना पुरुषलाई पक्राउ गरेको हो ।
डर, त्रास देखाएर आफ्नै घरमा बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि सुनवर्षी ४ का ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उनले २५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी थिइन् ।
सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार (आजं अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।












Discussion about this post