पाँचथर : पाँचथरमा आगलागीमा परी दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको हिलिहाङ गाउँपालिका ७ भारपामा २ जना बालकको आगलागीमा परी मृत्यु भएको हो । मृत्यु हुनेमा शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् ।
हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो २ बजे भएको आगलागीमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो अभिवाक दाउरा खोज्न जंगल गएकाबेला दुई बालक मात्रै रहेको बेलामा घरमा आगो लागेको बताइएको छ ।
आगलागीको कारण नखुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।














Discussion about this post