Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

स्ववियु निर्वाचनका लागि सुनसरीमा के गर्दैछन् विद्यार्थी संगठन ? तालमेलको सम्भावना कति !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०७९
in टाकुरा विशेष, निर्वाचन, समाचार
0
स्ववियु निर्वाचनका लागि सुनसरीमा के गर्दैछन् विद्यार्थी संगठन ? तालमेलको सम्भावना कति !

बायाँबाट क्रमशः नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराई, अनेरास्ववियु सुनसरी अध्यक्ष नवराज खड्का र अखिल क्रान्तिकारी सुनसरी अध्यक्ष नवीन दाहाल ।

242
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।

यसैबीच सुनसरीका १० मध्ये सातवटा क्याम्पसमा स्ववियुको निर्वाचन हुने तयारी छ । सोही अनुरूप सुनसरीमा विभिन्न पार्टीसँग आवद्व विद्यार्थी संगठनहरूले निर्वाचनका लागि दर्ता गराएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओबादी निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू क्रान्तिकारी, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले क्याम्पसमा पुगेर संगठन दर्ता गराएका हुन् ।

सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पस, धरानस्थित पिण्डेश्वर क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, इञ्जिनियरिङ क्याम्पस धरान, महेन्द्र बहुमुखी क्याम्पस, चक्रघट्टीको सप्तकोसी बहुमुखी क्याम्पस र सुनसरी बहुमुखी क्याम्पसमा निर्वाचन हुने तयारी छ ।

तर, धरानको पिण्डेश्वर क्याम्पसमा भने विद्यार्थी भर्नाका कारण नेविसंघको तालाबन्दीका कारण चुनावी कार्यतालिका प्रभावित बन्नसक्ने संकेत देखिएको छ ।

खासगरी यी मध्ये इटहरीको जनता बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा चासोका साथ हेरिएको छ ।

नेपाली कांग्रेस निकट नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईले अहिले स्ववियु निर्वाचनका लागि तयारी अगाडि बढाइएको बताए ।

‘सुनसरीका सातवटा क्याम्पसमा निर्वाचन हुँदैछ, त्यहाँ रहेका इकाई समितिले अहिले आफ्नो सक्रियता देखाइरहेका छन्,’ उनले भने, ‘चुनावै नआउँदा पनि हामी सक्रिय छौँ, विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्तुत गर्ने किसिमका कार्यक्रम अगाडि सारेका छौँ ।’

यसअघि नेविसंघले सबै क्याम्पसमा खेलकुद कार्यक्रम पनि गर्दै आएको उनले स्मरण गरे ।

स्ववियु निर्वाचनमा गठबन्धन हुने सम्भावना के छ भन्ने प्रश्नमा उनले भने, ‘देशमा राष्ट्रिय सहमतिको कुरा आइरहँदा र यसअघिका अरु निर्वाचनमा पनि गठबन्धन गर्ने प्रचलन रहेका कारण तालमेल हुनसक्छ, त्यसका लागि छलफल भइरहेको छ ।’

उनले तालमेलका लागि कुनै दबाब सिर्जना नभएको तर तालमेल भने हुनसक्ने बताए । कुन विद्यार्थी संगठनसँग तालमेल गर्ने भन्ने यकिन निर्णय नभइसकेपनि विभिन्न विद्यार्थी संगठनसँग छलफल चलिरहेको उनले बताए ।

‘क्याम्पसको भविष्य उज्यालो बनाउनका निम्ति तालमेल हुनसक्छ,’ उनले भने, ‘अहिले विभिन्न विद्यार्थी संगठनबीच छलफल चलिरहेको छ, तालमेलको सम्भावना छ ।’

सुनसरीका सबै क्याम्पसमा सभ्य रूपमा निर्वाचन गर्न आँफू सकारात्मक रहेको उनले बताए ।

‘दुई–दुई वर्षमा हुँदै आएको निर्वाचन लामो समय नभएकाले पनि अहिले विद्यार्थीहरूमा उत्साह बढेको छ,’ उनले भने, ‘सांगठनिक हिसाबमा हामी पहिलो संगठन बन्नेगरी तयारी गरेका छौँ ।’

उनका अनुसार पछिल्लो पटक ७३ सालमा केही क्याम्पसहरूमा निर्वाचन भएको हो । त्यसअघि ६५ सालमा भएको निर्वाचनपछि ७३ मा सबै क्याम्पसमा निर्वाचन नभएकाले पनि अहिले विद्यार्थीहरूमा उत्साह थपिएको उनले बताए ।

नेकपा एमाले निकट अनेरास्ववियु सुनसरीका अध्यक्ष नवराज खड्काले स्ववियु निर्वाचनका लागि तयारी तीव्र भइरहेको बताए । उनले सुनसरीका विभिन्न क्याम्पसमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सक्रिय बनेको प्रतिक्रिया दिए ।

‘हामीले अहिले क्याम्पसमा गतिविधि पनि बढाएका छौँ,’ उनले भने, ‘तालमेलको सम्भावना पनि छ, सबै संगठनसँग कुरा भइरहेको छ । अब केहीदिनमै उम्मेदवार टुंगिएपछि थप कार्यक्रम तालिका सार्वजनिक गर्नेछौँ ।’

उनले सुनसरीका सातमध्ये पाँच क्याम्पसमा अखिलले चुनाव जित्ने दाबी गरे ।

माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुनसरीका अध्यक्ष नवीन दाहालका अनुसार जिल्लाका सात वटै क्याम्पसमा शान्तिपूर्ण र स्वस्थ ढंगबाट निर्वाचन हुने तयारी छ ।

‘पहिलो पटक २८ वर्षे उमेर हदसहित मिश्रित प्रणालीमा निर्वाचन हुँदैछ,’ दाहालले भने, ‘अघिल्ला चुनावभन्दा यसपटक रोचक र फरक किसिमबाट हुनेछ ।’

उनले स्ववियु चुनाव नहुँदा राजनैतिक वितृष्णा पैदा भइरहेकाले अबको निर्वाचनबाट तीक्तता मेटिने तर्क गरे । उनले विद्यार्थी संगठनबीच तालमेल हुनसक्ने समेत बताए ।

 

Tags: टाकुरा विशेषनिर्वाचनस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1470 shares
    Share 588 Tweet 368
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.