धरान : धरान उपमहानगरपालिका ४ बाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जी.जे ०१ एच क्यू २४६१ नम्बरको भारतीय स्कारपियो गाडीमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।
धरान ४ को सडक छेउमा रोकेर राखिएको उक्त गाडीमा चेकजाच गर्ने क्रममा तीन सय केजी गाँजा बरामद भएको धरान प्रहरीले जनाएको छ ।
गाडीबाट गाँजा बरामद भएसँगै नियन्त्रणमा लिएको तथा चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post