Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी : मेयरले लाञ्छना लगाएको एमालेबाट निर्वाचित वडाध्यक्षहरूको आरोप, उपमेयर बोल्न मानिनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १०, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरी : मेयरले लाञ्छना लगाएको एमालेबाट निर्वाचित वडाध्यक्षहरूको आरोप, उपमेयर बोल्न मानिनन्
142
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको नगरसभाको विषयमा विवाद भएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन गर्दै मेयरबाट लाञ्छना लगाउने काम भएको आरोप लगाएका छन् ।

गत चैत ३ गते तोकिएको १२ औँ नगरसभा बस्न नसकिएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै मेयरबाट अहङ्कारपूर्ण व्यवहार भएको आरोप लगाएका हुन् ।

इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले मेयर हेमकर्ण पौडेलले आँफूहरूको दलप्रति लाञ्छना लगाएको र अहङ्कारपूर्ण व्यवहार गरेको आरोप लगाए ।

‘हामी छलफलमा थियौँ, हामीले सभा बहिष्कारको शब्द नै निकालेका थिएनौँ, तर मेयरबाट अचानक सभा सुरु भएर स्थगनको कुरा आयो,’ सुवेदीले भने, ‘हामी १० मिनेटमै आउछौँ भनेर मेयरलाई अनुरोध गरेपनि उहाँले हतारहतार सभा सुरु गरेर अनिश्चितकालका लागि स्थगन गर्नुभयो र उल्टै हाम्रो दलमाथि आरोप लगाइयो ।’

एमालेबाट निर्वाचित उपमेयरसहितका वडाध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले अहङ्कारपूर्ण व्यवहार गरेको र आँफूहरूमाथि हुँदै नभएको लाञ्छना लगाइएको बताएका थिए ।

पत्रकार सम्मेलनमा उपमेयर संगीता चौधरीले भने बोल्न मानिनन् । पत्रकारहरूले पटकपटक बोल्न आग्रह गरेपनि आँफू बिसञ्चो भएको भन्दै उनले बोल्न नमानेकी हुन् । पत्रकार सम्मेलनको विषयमा उनी आफैँ बेखबर भएजस्तो देखिन्थिन् । तर, वडाध्यक्षहरूले भने मेयरको चर्को आलोचना गरेका छन् ।

वडाध्यक्ष सुवेदीले मेयर पौडेलबाट एमाले दलप्रति ‘बहुमतको दम्भ’ को लाञ्छना लगाइएको समेत बताए ।

‘हामी कसैले पनि कुनै किसिमबाट सभा बहिष्कारको कुरा गरेकै थिएनौँ,’ उनले भने, ‘तर उल्टै एमालेको आदेशमा सभा बहिष्कार गरेका जस्ता आधारहीन, तथ्यहीन र भ्रामक कुरा सामाजिक सञ्जालमार्फत आएपछि हाम्रो ध्यानाकर्षण भएको हो ।’

इटहरी ९ का वडाध्यक्ष जीतेन थापाले भने विगतमा इटहरी सरकारले निमम विपरीत केही त्रुटी तथा काम गरेपनि आँफूहरूले लचकता देखाएको बताए ।

‘हामीले इटहरी सरकार सञ्चालन हुनुपर्छ भनेर विगतमा अवरोध गरेनौँ,’ थापाले भने, ‘नियम विपरीतका केही काम हुँदा कतिपय ठाउँमा आँखा चिम्लिएका हौँ, लचकता देखाएकै हो, तर हामीमाथि उल्टै आक्षेप लगाइयो ।’

कर्मचारी भत्ता कटौतीको कुरामा विगतको सरकारले चार हजार दिदैँ आएको र अहिले नयाँ जनप्रतिनिध आइकन जम्मा एक हजार मात्रै बढाइएको उनको जिकिर छ ।

‘यसअघि हरेक महिना हुँदै आएको कार्यपालिका बैठक दुई महिनामा बस्यो, भोलि नगरसभा छ आज कार्यपालिका बैठक बोलाएर हुन्छ,’ उनले भने, ‘एउटा विधि, पद्वति र प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो कुरा हो, कर्मचारी भत्ताको कुरामा केही अप्रिय निर्णय भएको होइन जम्मा एक हजार नै त बढेको थियो ।’

इटहरी १६ का वडाध्यक्ष प्रभात आचार्यले भने नगरसभा अनिश्चितकालका लागि रोक्नु निन्दनीय भएको बताए । उनले तत्काल सभा सुरु हुनुपर्ने माग राखे । ‘हामीले तत्काल नगरसभा सुचारु गर्न मेयरसमक्ष अनुरोध गर्छौँ,’ उनले भने, ‘होइन भने हामी बहुमत भएकाले विधिअनुसार नयाँ प्रक्रियामा जान्छौँ ।’

विगतमा उपमहानगरले विज्ञ नियुक्त गर्ने कुरामा एमालेको असहमति रहेपनि आँफूहरूलाई झुक्याएको उनको भनाइ छ । यद्यपि, इटहरी उपमहानगरमा भने दलीय भागबण्डाका आधारमा विभिन्न शीर्षकमा विज्ञ नियुक्त गरिएको कतिपयको भनाइ छ ।

नगरसभामा ५ वटा विधेयक पारित गर्ने कार्यसूची थियो । ती विधेयकमध्ये कर्मचारीले मासिक रूपमा पाउँदै आएको कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने सम्बन्धी बिधेयक पारित गर्ने कार्यसूचीलाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेको मेयर पौडेलले आरोप लगाएका थिए ।

प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निर्णय गत २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ कार्यपालिका बैठकले निणर्य गरेको थियो ।

तर, तोकिएको समयमा मेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू हलभित्र प्रवेश गरेपनि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू नआएपछि नगरसभा अनिश्चितकालका लागि स्थगित गर्नुपरेको पौडेलले बताएका थिए ।

यो पनि – इटहरीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरे नगरसभा बहिष्कार, जनमतको कदर गर्न नसकेको मेयरको आरोप

Tags: #इटहरी उपमहानगरपालिकाआरोपटाकुरा विशेषनेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते
विविध

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

by रासस
असार ३०, २०८३
0

पाँचथर : पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको...

समाचार

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

by रासस
असार ३०, २०८३
0

मोरङ : तपाइँका घरमा भर्खरै जन्मेका शिशु र गर्भवती महिला छन् ? छन् भने उनीहरू दुवैलाई १४ प्रकारका घातक रोगविरुद्ध...

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.