विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उनको भनाइ छ ।
प्रदेश भित्रका धेरै सामुदायिक वनहरूले राजस्वमा योगदान पु¥याईरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरूसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने उनले बताए ।
‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरूमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ’ कार्कीले भने ।
सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तुत गर्दै उनले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्मन्त्री कार्कीको भनाइ छ ।
उनले खुल्ला चिडिया खानाको अवधारणबारे वन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०÷०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने बताए ।














Discussion about this post