उदयपुर : उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ वर्षीय डिकबहादुर लुङ्गेली मगरलाई ८ केजी ५८१ ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मगरलाई गाइघाट बजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post