झापा : झापाको कमल गाउँपालिकामा मापदण्ड मिचेर बनेका संरचना भत्काइएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपानेसहितको टोलीले वडा नम्बर १ मा निर्माणाधीन सडकको प्लम वाल भत्काएको हो ।
पुष्पथिर प्रतिष्ठानदेखि झोलुङ्गे हुँदै बासुचोक जोड्ने सडकको दायाँबायाँ लगाइएको प्लम वालमा ढुङ्गा, बालुवा, सिमेन्टको मिश्रण ठिक मात्रामा नगरेको पाइएपछि तत्कालै जेसिभि लगाएर भत्काइएको अध्यक्ष राईले बताए ।
गाउँपालिकाले सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा प्राप्त ७२ लाख रुपियाँ बजेटबाट यो सडक निर्माणका लागि ठेक्का लगाएको थियो।
बारम्बार गुणस्तरीय काम गर्नका लागि अनुरोध गर्दा पनि नभएपछि स्थानीयले पालिकामा यस विषयमा गुनासो गरेका थिए ।
ठेक्का पाएको निर्माण कम्पनी विशाल एण्ड विवेक निर्माण सेवाले उक्त काम आगामी जेठ ३० गते सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।














Discussion about this post