मोरङ : मोरङको बेलबारी ३ की १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आफ्नै घरमा सुतिरहेकी बालिकालाई लगेर राति ११ बजेतिर महराले उठाएर आफ्नो घर लगी बलात्कार गरेको खुलेको छ ।
प्रहरीले बलात्कार गरेको आरोपमा बेलबारी ३ का २० वर्षीय नवीन महरालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक उदयशम्शेर राणाको नेतृत्वमा रहेको टोलीले मंगलबार महरालाई उनकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महराको घरबाट आफ्नो घर फर्कदै गर्दा स्थानीय र आफन्तले मंगलबार बिहान बाटोमा बालिकालाई भेटेका थिए ।
उनीहरूले सोधखोज गर्दा बालिकाले घटनाबारे बताएकी थिइन् । धम्की दिँदै हातमा समाएर तान्दै लगेको र रातभर बलात्कार गरेको उनले बताएकी छन् ।
बालिकाका अभिभावकले महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले जानकारी दिए ।












Discussion about this post