Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेशमा ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८०
in समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ ।

कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ताप्लेजुङ र सोलुखम्बू बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताए । उनले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरू मरेको जानकारी दिए ।

उनका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् ।

यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरू, राँगाभैँसी मरेका उनको भनाइ छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनको भनाइ छ ।

रोगी पशुको र्याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताए । उनले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताए ।

उनले भने, ‘बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ ।’ उनले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिए ।

‘आगामी बजेटमा यस रोगको भ्याक्सिन खरिदका लागि बजेट छुट्याउने बारेमा छलफल भइरहेको छ’, उनले भने, ‘आकस्मिक कोषको भन्दा बजेट नै छुट्याएर काम गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ ।’

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरिरहेको उनले बताए ।

यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट सङ्क्रमित पशु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष अघि भएको मानिएको छ ।

क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताए । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

Tags: #राससपशुलम्पी स्किन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
समाचार

लागूऔषधसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो...

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 
FEATURE BREAKING

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

मोरङ : मोरङ जिल्लामा मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको आरोपमा चिसाङ खोला किनारका दुई क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका...

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1517 shares
    Share 607 Tweet 379
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.