धरान : धरानमा जेठ २६ गतेदेखि जारी महिला–पुरूष कुराँस प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा आइतबार १२ स्वर्णका साथ लुम्बिनी प्रदेशले पहिलो उपाधि हात पारेको छ ।
लुम्बिनीले १२ स्वर्ण पदकसहित ६ कास्य र ९ रजत पदक हात पारेको हो ।
प्रतियोगिताको दोस्रो उपाधि ४ स्वर्ण, ३ रजत पदकसहित विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । यस्तै, तेस्रो उपाधि विजेता सुदुरपश्चिम प्रदेशले ३ स्वर्ण, १ कास्य र ४ रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशले ३ कास्य र ४ रजत पदक प्राप्त गरेको छ । यस्तै, बागमती प्रदेशले ५ कास्य र ९ रजत, मधेस प्रदेशले १ कास्य र ५ रजत प्राप्त गरेको छ भने कोसी प्रदेशले ७ रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ २५ केजी तौल समूहका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ २५ केजी तौल समूहकै प्रतीक्षा केसी उत्कृष्ट भइन् ।
तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई कोसी प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि थिए ।












Discussion about this post