झापा : अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा अर्जुनधारा नगरपालिका वडा नं. ४ टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको १ वटा जेसिविसहित तीन वटा टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
नम्बर नभएको जेसेवि, मे १ ख ३१५५, प्र. १–०१–००१ क ९२४, मे. १ ख २८४८ नं. को ३ वटा टिप्पर प्रयोग गरेर अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिए ।
पक्राउ गरिएका सवारी साधनहरू आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जेठ मसान्तदेखि खोलामा उत्खनन प्रतिबन्ध गरिएको छ ।














Discussion about this post