पाँचथर : पाँचथरको याङवरक ५ कुवापानी निवासी १९ वर्षीय किशोरको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार अपराह्न साथीहरूसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।
उनी साथीहरूसँग पोखरीमा पौडी खेल्न गएका थिए ।
काम्बाङको शव बिहीबार पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post