मोरङ : मोरङको बेलबारीकी एक युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलबारीकी ३० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
बेलबारी १ को लोहोन्द्रा खोलामा लगेर युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । पीडित युवतीका आफन्तले बालकविरुद्ध किटानी जाहेरी दिएसँगै बालक पक्राउ परेका हुन्।
पीडित युवतीको मानसिक स्वास्थ्य अवस्था ठीक छैन भने राम्रोसँग बोल्न नसक्ने बताउँदै, डिएसपी दाहालले भने, ‘बालकलाई नियन्त्रणमा लिएर इप्रका बेलबारी राखी घटनाको थप अनुसन्धान भइरहेको छ।’
पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।












Discussion about this post