ओखलढुंगा : कोसी प्रदेशको नाम खारेजीको माग राख्दै ओखलढुंगामा प्रदर्शन गरिएको छ ।
विभिन्न जातीय संस्थाहरुको संयुक्त आयोजनामा सहभागीहरूले मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनसँगै किरात राई यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय संयुक्त संघर्ष समितिसमेत घोषणा गरिएको छ ।
संघर्ष समितिले कोसी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरणको नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
करिब दुई सय मोटरसाइकलसहित प्रदर्शनीमा उत्रिएका युवाहरूले टाउकोमा ‘नो कोसी’ को कालो फेटा र सेतो टिर्सटमा पहिचानका लागि युवा लेखिएको टिसर्ट लगाएका थिए ।














Discussion about this post