उदयपुर : उदयपुरमा च्याउ टिप्न जंगल गएकी ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ सिरुवानी बस्ने ५२ वर्षीय दीपराज बास्तोला रहेका छन् ।
बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका ६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
पक्राउ परेका बास्तोलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post