इटहरी : इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ ।
अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।
सुरुमा इटहरीस्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिक गरेका छन् ।
कुनैपनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने उनको भनाइ छ ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडीकन बनेका भवन संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिएको हो ।
उपमहानगरले दिएको समयभित्र अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।















Discussion about this post