उदयपुर : उदयपुरको बेलकामा सुतेकै कोठामा एक किशोरीमाथि बलात्कार भएको छ ।
१८ वर्षीया किशोरीमाथि साउन १५ गते बलात्कार भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
बलात्कारमा संलग्न भएको आरोपमा बेलका नगरपालिका ७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको दुई दिनपछि बुधबार पक्राउ परेका उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post