तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका १ सक्रान्तिमा गाडिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
साउन १४ गते घरबाट बेपत्ता भएकी २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिनअघि बेपत्ता भएका थिए ।
श्रीमान–श्रीमती नै हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सक्रान्तीबजारमा खबर गरेका थिए ।
फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post