मोरङ : मोरङको लेटाङ नगरपालिका ५ मा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय युवराज महरा रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनले साउन २० गते बालिकालाई बाँसघारीमा लगी जबरजस्ती करणी गरेको आरोप छ ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post