तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरा हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको क्रममा आइबार दिउँसो ज्यान मार्ने उद्देश्यले तीन जनालाई धारिलो हतियार प्रहार गरेको हो ।
हतियार प्रहार गरेको आशङ्कामा फेदाप गाउँपालिका ३ का ४६ वर्षीय मुकेश लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छेपिञ्जो भोटेले जानकारी दिए ।
छुरा प्रहारबाट घाइते हुनेमा स्थानीय ४१ वर्षीय तेजबहादुर लिम्बू, उनका ३ वर्षीय छोरा आयुष लिम्बू र ४३ वर्षीय तिलविक्रम लिम्बू रहेका छन् ।
घाइतेहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।














Discussion about this post