झापा : झापामा चिकित्सकको लापरबाहीका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको बिर्तामोड नगरपालिका १ की सिर्जना सङ्ग्रौला रहेकी छन् । सङ्ग्रौलाको उपचारका क्रममा बुधबार दिउँसो बिर्तासिटी अस्पतालमा निधन भएको हो ।
मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा उपचारका लागि भर्ना भएकी सङ्ग्रौलाको डाक्टर एकराज गौतमले अपरेसन गरेका थिए । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी सङ्ग्रौलाको डाक्टर गौतमले अपरेसन गरेका थिए ।
अपरेसनपछि अवस्था असामान्य बनेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । पीडित परिवारले चिकित्सकको लापरबाहीका कारण सङ्ग्रौलाको अवस्था गम्भीर भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।
सङ्ग्रौलालाई थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । अस्पतालको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको समयमा बुधबार दिउँसो उनलाई चिकित्सकले मृत घोषित गरेको पीडितका आफन्तले जानकारी दिए ।














Discussion about this post