इटहरी : इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएको छ ।
उपमहानगरपालिकाले जारी गरेको ३५ दिने म्याद सकिएसँगै पुनः १५ दिने अर्को सूचना प्रकाशन गरेको छ ।
३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो । तर, त्यसबीचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले पुनः अर्को १५ दिने सूचना जारी गरेको हो ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था रहेको जनाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको थियो । १५ दिनभित्र अवैध संरचना नभत्काए उपमहानगर आफैँले भत्काउने चेतावनीसमेत दिएको छ ।
खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ ।















Discussion about this post