इलाम : इलाममा आफ्नै १४ वर्षीया नातिनीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक व्यक्तिलाई पहरीले पक्राउ गरेको छ ।
६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुका अनुसार दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पछिल्लो एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाह भएको जबेगुले बताए ।
आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसनधान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post