खोटाङ : खोटाङमा कोसी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले बिहीबार (आज) कालो झण्डा देखाएर दुर्व्यवहार गरेका छन् ।
जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार भएको हो ।
कालो झण्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् ।
कोसी प्रदेशको नामकरणलाई लिएर मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार भएको हो ।













Discussion about this post