मोरङ : मोरङको कटहरी गाउँपालिका ७ मा एक युवतीलाई बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय करण सरदा रहेका छन् । उनले २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ ।
प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा युवकले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post