विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले लुटपाटमा संग्लग्न रहेका दुईजनालाई पक्राउ गरेको छ ।
सोज २२ गते विराटनगर १२ का रविकुमार साह सुडीलाई विराटनगर ११ मा रोकेर ‘हामी प्रहरी हौँ’ भन्दै नियन्त्रण लिइ लुटपाट गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न दुईजनालाई असोज २४ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर १ का ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का सुनील थापा रहेका छन् ।
पक्राउ परेका यी दुवै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र विराटनगरको रोडशेष चोकमा पुगेपछि मोटरसाइकल रोक्न लगाई ‘हामी प्रहरी हौँ’ भनी विराटनगरको हनुमान मन्दिर छेउमा लगेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाइकल, चेकबुक, एटिएम बुकसमेत बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post