दुहबी : सुनसरीको दुहबी नगरपालिका ८ स्थितबाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदभूमी गाउँपालिका ७ धनकुटाका २१ वर्षीय अनिष तामाङ रहेका छन् ।
तामाङले चलाएको प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post