मोरङ : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो ।
कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे ।
निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।














Discussion about this post