झापा : घुर ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ की ५६ वर्षीया कमला राजवंशीको मृत्यु भएको छ ।
गत माघ २८ गते घुर ताप्ने क्रममा कमलाको कम्मर मुनि जलेको वडाध्यक्ष बीरबहादुर राजवंशीले बताए ।
वडाध्यक्ष राजवंशीका अनुसार स्थानीयले सहयोग जुटाएर घाइते कमलालाई उपचारका लागि बिर्तामोडको संजिवनी हस्पिटलमा राखिएको थियो ।
उपचारका क्रममा मङ्गलबार कमलाको मृत्यु भएको हो ।













Discussion about this post