Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

शनिबार तरहरामा १० किमि दौड प्रतियोगिता, एक हजार सात सय धावक सहभागी हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८०
in खेलकुद, समाचार
0
शनिबार तरहरामा १० किमि दौड प्रतियोगिता, एक हजार सात सय धावक सहभागी हुने

पत्रकार सम्मेलन गरी टिसर्ट सार्वजनिक गरिदैँ ।

163
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक तरहरा रनले बिहीबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले विभिन्न सात विधामा हुने प्रतियोगितामा हालसम्म एक हजार सात सय जनाले आवेदन दिएका छन् ।

आवेदकहरूले शनिबार (फागुन २६) गते तरहरा चौकमा भेला भएर दौड प्रतियोगितामा सहभागी जनाउन सक्ने उनले बताए ।

उनकाअनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । यस्तै, १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । यसैगरी, १६ देखि ३९ वर्षसम्म र ४० देखि माथिका (भेट्रान) लाई १० किलोमिटर दौडमा सहभागी गराइनेछ ।

ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता गराइनेछ । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहनेछ । सबै विधाका गरी कूल एक हजार सात सय धावक सहभागी हुने आयोजकको दाबी छ ।

अध्यक्ष राईका अनुसार खुल्ला दौड प्रतियोगिताका विजेताले (पुरुष महिला दुवै) नगद ३० हजार, उपविजेतालाई नगद २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित मेडल प्रदान गरिनेछ ।

यसैगरी १६ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेतालाई नगद १० हजार, उपविजेतलाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिनेछ । यस्तै, १२ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल वितरण गरिनेछ ।

सबै विधाका प्रतियोगितामा पुरुष र महिला दुवैलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति र स्वास्थ्यलाई स्फूर्त राख्नका निम्ति उक्त दौड प्रतियोगिता आयोजना गरिएको राईले बताए ।

खेलका मूल संयोजक मीनकुमार खवासका अनुसार प्रतियोगितामा कूल २५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

उनले भने, ‘हामीले मुख्य बजार क्षेत्रमा भन्दापनि ग्रामीण क्षेत्रमा रनको आयोजना गर्नेछौँ । जसकारण गाउँठाउँको वास्तविक चित्र बुझिनेछ ।’

उनका अनुसार तरहरा चौकदेखि भित्री सडकखण्डमा दौड प्रतियोगिता आयोजना हुनेछ । दौड प्रतियोगितामा ट्राफिक व्यवस्थापनका लागि पनि तयारी पूरा भएको र प्रतियोगिताका लागि एक सय ७० जना स्वयम्सेवक खटिने उनले बताए ।

साथै, दौड अवधिभर आकस्मिक परेको अवस्थामा दुईवटा एम्बुलेन्स तयारीमा रहेको र पाँचजना नर्सले तत्काल प्राथमिक उपचार गर्नसक्ने खवासले बताए ।

Tags: #खेलकुद#तरहरादौडशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म
समाचार

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

इटहरी : लोकतन्त्रलाई सुदृढ बनाउन सत्ता र शक्तिमा बसेकाहरूप्रति उठ्ने प्रश्न, शंका र आलोचना स्वाभाविक मात्र नभई आवश्यक हुने विभिन्न विद्वानहरूले...

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
टाकुरा विशेष

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.