इटहरी : इटहरीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सन्देशलाई आत्मसाथगर्दै ‘स्पोर्टस्’ एरिना ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
इटहरी २ स्थित क्लबको हलमा आयोजना भएको खेलमा इटहरी आसपासका ५० जना खेलाडी सहभागी रहेका थिए ।
दुई वटा समूहमा विभाजन गरिएको खेलमा समूह ‘ए’ अन्तर्गत प्रवेश श्रेष्ठ र अर्जुन लिम्बू खिमको जोडी, समूह ‘बी’ अन्तर्गत समीर सिलवाल र प्रवेश बम्जनको जोडी विजयी भएका छन् ।
त्यसैगरी समूह ‘ए’ अन्तर्गत रुद्र खड्का र चन्द्र तामाङको जोडी र समूह ‘बी’ अन्तर्गत प्रतीक पलिखे र अमित ढकालको जोडी उपविजेता भएका छन् ।
क्लबका संरक्षक साहाना श्रेष्ठका अनुसार विजेता तथा उपविजेता खेलाडीहरूलाई एक कार्यक्रमबीच नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै सुनसरी जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष मणिराज गुरुङले खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।
खेलाडीले राज्यका लागि ठूलो योगदान दिएपनि राज्यले चिन्न नसकिरहेको उनको भनाइ थियो ।












Discussion about this post