Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८१
in समाचार
0
किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा
79
SHARES
Share on FacebookShare on Twitter

संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा आएका छन्।

कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे।

नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका शनिबारर्देखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् ।

नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए।

गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो । किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् ।

विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो ।

किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो।

सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ।

किमाथांका नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

Tags: #राससनाका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
समाचार

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८३
0

खोटाङ : खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राई...

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा
विविध

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

by रासस
बैशाख २४, २०८३
0

इलाम : सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ...

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३
विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

बैशाख २४, २०८३
धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.