झापा : झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालिका २ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका ८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले पुष्टि गरे ।
उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
साथै, गौरीगञ्ज गाउँपालिका ३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post