इटहरी : इटहरी–धरान सडकको चारकोसेमा सोमबार दिउँसो हात्ती देखा परेको छ ।
मुख्य सडकमै दिउँसो करिब ५ः२० बजेतिर एउटा जंगली हात्ती देखा परेको हो । मुख्य राजमार्गमै जंगली हात्ती देखा परेपछि सयौँ यात्रुहरू केहीबेर बाटोमै रोकिएका थिए ।
अहिले हात्ती तरहरा क्षेत्रतर्फको जंगलमा पसेको छ । प्रत्यक्षदर्शीका अनुसार जंगली हात्ती तरहरा क्षेत्रतर्फ पसेको हो । शान्तिनगरको जंगल क्षेत्रबाट आएको हात्ती हाँसपोसा सामुदायिक वन क्षेत्र हुँदै जंगलमा पसेको छ ।
रातको समयमा गाउँमा हात्ती पस्न सक्ने भन्दै सतर्कता अपनाउनका निम्ति आग्रहसमेत गरिएको छ ।
खासगरी हात्ती हरेक वर्ष आफू हिँडेको बाटोमा हिँड्ने गर्दछ । हात्तीलाई चलाउने, जिस्काउने गर्दा आक्रमण गरी ज्यानै लिन सक्ने जानकारहरू बताउँछन् ।
तसर्थ, सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भिडियो














Discussion about this post